खबर ठुलो छ

गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरि फरार रहेकि कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापुर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो ।

गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाण्डौ ल्याइ आज सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।

अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । प्रहरीसँगको बयानमा कल्पनाले नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाएको, पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकJ काठमाडौँ प्रहरीले बताएको छ ।
साभार-एभिन्युज खबर

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया