मंगलबार, साउन २७, २०७७ || 491  पटक पढिएको

सर्वोच्च तथा उच्च अदालतमा कार्यरत केही न्यायाधीशमा अनुभव तथा ज्ञानको अभाव रहेको उल्लेख गर्दै नेपाल बार एसोसिएसनले त्यस्ता न्यायाधीशको पहिचानसहित उनीहरुलाई तालिम तथा प्रशिक्षणको उचित ब्यवस्था गरेर मात्र इजलास तोक्न प्रधानन्यायाधीशसँग माग गरेको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सो मागसहित न्यायपालिकाको सुधारका लागि आफूहरुले १७ बुँदे सुझाव प्रस्तुत गरेको जानकारी दिनुभयो । बारले दिएको सुझावमा उल्लेख छ– ‘उच्च तथा सर्वोच्च अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकूलको अनुभव तथा ज्ञानको समेत अभाव रहेको भन्ने गुनासो आइरहेकाले त्यस्ता न्यायाधीशहरुको पहिचान गरी न्यायपरिषद्मा हाजिर गराई लामो अवधिको प्रशिक्षण, तालिम र अध्ययनको उचित ब्यवस्था गरी पदानुकूलको अनुभव र अध्ययन भएपश्चात मात्र बेञ्च तोक्ने व्यवस्था मिलाइयोस् ।

अध्यक्ष श्रेष्ठले कुनै न्यायाधीशले अनुभव तथा अध्ययन नभएका कारण आफ्ना नाता कुटुम्ब वा अन्य ब्यक्तिसँग सोधेर आदेश लेख्ने गरेको जानकारी पनि आफूहरुसँग आएको बताउनुभयो । वर्तमान प्रधानन्यायाधीश आएपछि सुधारका झिनामसिना कार्य भएका उल्लेख गर्दै तर जनता अनुभूत हुने गरी हुन नसकेको दाबी गर्नुभयो ।

नेपाल बारले बुझाएको सुझावमा न्यायाधीश र नेपाल बारका पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरी सार्वजनिक गर्ने व्यवस्था गर्न माग गरिएको छ । अदालतभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण गर्नका लागि पनि बारले माग गरेको छ ।

सर्वोच्च अदालतबाट भएका फैसलाहरुमा एकै प्रकृतिको मुद्दामा उही बेञ्च तथा फरक बेञ्चबाट फरकफरक फैसला भएको पाइएको उल्लेख गर्दै नेपाल बारले सो सम्बन्धमा आवश्यक अध्ययन गरी एकरुपता प्रदान गर्न समेत आग्रह गरेको छ । नेपाल बारले बुझाएको पत्रको ११ नम्बर बुँदामा भनिएको छ– ‘न्याय क्षेत्रभित्रका विसंगति, बिकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न नेपाल बार एसोसिएसनको प्रतिनिधिसमेत सम्मिलित एउटा विशेष संयन्त्र अविलम्ब गठन गरियोस् ।’

न्यायाधीश नियुक्तिलगायत न्यायालयमा हुने सबै प्रकारका राजनीतिक हस्तक्षेप निषेध र अस्वीकार गरियोस् भन्दै वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा यसअघि नेपाल बारले दिएको सुझावलाई कार्यान्वयन गर्न न्यायालयसँग माग गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!