सोमबार, आश्विन ०६, २०७६ || 2893  पटक पढिएको

बीरेन्द्रकुमार साह
बिराटनगर ,
अहिले सामाजिक क्षेत्रमा युवाहरुको निकै नै स्कृयता देखिरहेका छौ। तर अरुभन्दा निकै नै फरक सोचका साथा सामाजिक सेवामा निरन्तर लागेको युवा हो कृष्ण कार्की। रतुवामाई नगरपालिका वाड न -९ मुल घर भई हाल जापान बस्दै आएका कार्किले धेरै नै सामाजिक कामहरु गर्दै आएको छ। कार्किले बिदेशमा पसिना बगाएर कमाएको पैसा अशक्त, गरिब,निमुखाहरुकोलागी उदार भएर खर्छ गरिरहेका छन् । मैथिली विशेषगरि थारु समुदायको विशेष पर्वको रुपमा रहेको जितिया। रतुवामाई नगरपालिका वडा न-९ को जितिया बिसेश कार्यक्रमलाई कार्किले सम्पुर्ण खर्च दिएर सहयोग गरेका हुन। जितिया कार्यक्रम मधेशको धेरै जसो स्थानमा आयोजना भयो तर रतुवामाई नगरपालिका वडा न-९ मा भएको उक्त कार्यक्रम अन्य कार्यक्रम भन्दा निकै नै फरक थियो। उक्त कार्यक्रममा रतुवमाई नगरपालिकाका शारीरिक रुपमा अशक्त बृद्धहरुलाई कार्किले ब्यक्तिगत रुपमा प्रदान गर्दै आएको मासिक भत्ता बापतको रु १२००० हजारको दरले समाजसेबी कृष्ण कार्किको आमा तथा रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले सयुक्त रुपमा प्रदान गरेका हुन। उक्त जितिया कार्यक्रममा प्रमुख अथितिको रुपमा मोरड क्षेत्र न-२ का सासँद तथा पुर्व मन्त्री मिनेन्द्र रिजालको सहभागिता रहेको थियो।कार्यक्रममा थारु समुदायको जातिय गीत र नित्य प्रस्तुत समेत प्रस्तुत गरिएको थियो। कार्की भन्छन् समाजको सम्पुर्ण जातजातिमा मानिसहरुलाई मुल धारमा ल्याउन यी यस्ता कार्यक्रमहरुक्क अहम भुमिका हुन्छ त्यसैले मैले कार्यक्रम गर्न आर्थिक रुपमा सहयोग गरेको हो।

गत बर्ष रतुवामाई नगरपालिका वडा न -३ मा गाएको बाढिले २३ वटा घर बगाएको थियो । बाढिले कयौलाई घर बगाएर सुकुम्बासी नै बनाएको थियो। उक्त समयमा राज्यकोषबाट कुनै पनि प्रकारको सहयोग भएन स्थानिय निरास भए तर तिनै गरिबहरुकोलागी मसिहा बनेर आए युवा समाजसेबी कृष्ण कार्की। कार्किले आफ्नो ब्यक्तिगत लगानिमा १० वटा घर निर्माण गरेर ती निरास भएका गरिबहरुको ओठमा फेरि पनि हासो फर्काईदिए। कार्किले धेरै नै सामाजिक कामहरु गरेका छन् ।उनले सुनसरि ईटहरिका बेबारिसे सुत्केरी महिलालाई आफ्नै पहल र आर्थिक सहयोगमा उपचार गराए। उनले उदयपुरका २ गरिब बालिकालाई निजि स्कुलमा समेत बढाई रहेका छन् ।त्यस्तै मकवानपुर घर भई इराक वैदेशिक रोजगारिमा गएर फसेका २ जना महिलालाई कार्किले उद्दार समेत गरेका थिए। मकवानपुरकै एक आर्थिक रुपमा बिपन्न दुर्घटनामा परेको बिरामिको सम्पुर्ण उपचार गराएका थिए।ओखलढुंगाका शारीरिकरुपम अशक्त बृद्धहरुलाई ब्यक्तिगत रुपमा मासिक एक हजारको दरले भत्ता दिदै आएको छ। यो भत्ता उनले रतुवामाईका शारीरिक अश्क्तहरुलाई नि प्रदान गर्दै आएको छ।
कार्किले विभिन्न खेलाडीहरुलाई प्रोत्साहन गर्दै सम्मान गरेका छन् ।केही खेलाडीहरुलाई आर्थिक सहयोग समेत गरेका छन् ।
युवा समाजसेबी कृष्ण कार्किले निस्वार्थ भागवानाले गरेको सामाजिक काम प्रशासा गर्ने योग्यको छ। कार्किको कामबाट अन्य युवाहरुले नि केही सिक्ने हो कि?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!