सोमबार, साउन २६, २०७७ || 635  पटक पढिएको

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा ललितपुरले आफ्नै जिल्ला सदस्यलाई जनकारबाही गरी निर्घात कुटपिट गरेका छन् । जिल्ला सदस्य ‘जमिन’लाई पार्टीले गएको बिहिबार बेलुकी कारबाही गरेको हो ।

पछिल्लो समय मादक पदार्थ सेवन गरी पार्टीको अनुशासन विपरीत हिँडेको भन्दै पार्टीका केही कार्यकर्ताले निर्घात रुपमा कुटपिट गरिएको स्रोतले जनाएको छ । यसबाहेक कारबाही गर्नुको कुनै कारण खुलाईएको छैन ।

काभ्रे जिल्लाको बेथान गाउँपालिका–१ च्याम्म्राङबेशीका जमिनलाई घर नजिकै ललितपुरको महांकाल गाउँपालिका–५ स्थित घट्टेखोलामा लगेर कुटपिट गरेको स्रोतको दाबी छ । ललितपुर र काभ्रेलाई दुर्लुङ खोलाले छुट्ट्याउँछ ।

जिल्ला सदस्य जमिनलाई जनकारबाही गर्दा को को कार्यकर्ता संलग्न थिए भन्ने अझै प्रष्ट हुन सकेको छैन । महांकाल गाउँपालिका–५ चन्दनपुरका वडा अध्यक्ष खोम प्रसाद दाहाल मानिस कुटिएको भन्ने सुनिएको तर अझै स्पष्ट नभईसकेको जानकारी दिनुभयो ।

‘मानिस कुटिएको भन्ने छ । गम्भिर घाइते भयो भन्ने नि सुन्छु । तर घटना के हो भन्ने मलाई जानकारी आएको छैन । थप बुझ्दैछु ।’, उहाँले भन्नुभयो । जनकारबाहीको नाममा आफ्नै कार्यकर्ताबाट निर्घाट कुटिएका उनी धुलिखेल अस्पतालमा उपचार भई शनिबार बिहान डिस्र्चाज भईसकेका छन् ।

हात, खुट्टा र टाउकोमा गहिरो चोट लागि गम्भिर घाइते भएपछि उनलाई अस्पताल पु¥याईएको थियो । जमिन तत्कालिन नेकपा माओवादीले चलाएको जन विद्रोहमा समेत लागेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!