प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ ।

आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने ४३ जना कोरोनालाई पराजित गर्दै निको भएका छन । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपछि परिवारले नै अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।

मृगौला रोगी रहेका विराटनगर–१० का ६३ वर्षीय रमेश अग्रवालको शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार कोसी अस्पतालमा लगिएका उनको स्वाब संकलन गरिएको थियो । शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट नआएकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागेकोमा उपचारका क्रममा निधन भएको थियो ।

अग्रवालको प्रतिष्ठानले पनि कोरोना जाँच गर्न स्वाब संकलन गरेकोमा नेगेटिभ रिपोर्ट आयो । यता कोसीको पनि रिपोर्ट शुक्रबार नै आएकोमा पोजेटिभ देखियो । तर, प्रतिष्ठानले आफूले संकलन गरेको स्वाबमा नेगेटिभ रिपोर्ट आएको भन्दै शव आफन्तको जिम्मा लगाएपछि शनिबार उनको विराटनगरमा अन्तेष्टि गरिएकोमा प्रदेश सरकारले उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको छ ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरका प्रादेशिक अस्पताल कोसी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो अस्पताल, मोरङ सहकारी अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङहोम विराटनगर अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो यो खबर समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!