कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् । गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए । यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं, मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!