बिराटनगरमा कोरोनको संक्रमण बढेको अवस्थामा फ्रन्टलाइनमा कोरोना भाइरस बिरुद्ध काम गरिरहेकाहरुको सुरक्षाको लागि सहयोग गरिएको छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा विराटनगरमा संचालनमा रहेको मेरिल्याण्ड कलेजले फ्रन्टलाइनमा कोरोना बिरुद्ध काम गरिरहेका प्रहरी तथा स्वास्थ्यकर्मीहरुको लागि फेस सिल्ड सहयोग गरेको छ । कलेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोद्धारलाई फेस सिल्ड सहयोग गरेको छ । कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्ले ,बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले उक्त फेस सिल्ड हस्तान्तरण गरेका थिए ।
यस्तै कलेजले विराटनगर तथा मोरङ जिल्लाका विभिन्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई फेस सिल्ड वितरण गरेको दाहालले जानकारी दिए ।
इनोभेट नेपाल गु्रपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर , हेराल्ड कलेज काठमाडौँ, इस्लिंग्टन कलेज काठमाडौँ, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!