खबर ठुलो छ

मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरुले आज कोरोना भाइरसको पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहित वडाध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि सहित एक कार्यक्रममा सहभागिहरुको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

गत साउन १७ गते जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरे सहितको टोली पथरी शनिश्चरे र लेटाङमा बैज्ञानिक बन सम्वन्धी कार्यक्रममा सहभागि भएको थियो । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, वैज्ञानिक वन व्यवस्थापनको अध्ययन कार्यदलले पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा अध्ययन, अवलोकन गरेका छन् । त्यसपछि वनको सभाहलमा समितिका संयोजक सांसद पूर्णकुमारी सुवेदीको अध्यक्षताको कार्यक्रममा सुझाब संकलन गरेको थियो । समितिका सदस्य सांसदहरु धनश्याम भण्डारी, शान्ता चौधरी, चन्द्राकान्त चौधरी, राजवहादुर बुढाथोकी र शान्तिमाया तामाङ पाख्रिन लगायत उपस्थित भएका थिए । टोलीका सदस्य जिल्ला बन कार्यालयका प्रमुख घिमिरेलाई साउन २१ गते कोरोना पोजेटिभ देखिएको छ । पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको सो कार्यक्रममा घिमिरेसँगै सहभागि भएका जनप्रतिनिधि, वन समितिका पदाधिकारी, समाजसेवी, पत्रकारहरुको कन्ट्याक ट्रेसिङका आधारमा ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो । स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।

पथरी बहुमुखी क्याम्पसमा नगरले खडा गरेको क्वारेन्टिनमा बसेकामध्ये २० जनाको पनि आजै स्वाब संकलन गरि पठाइएको छ ।नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितका केही जनप्रतिनिधि र कर्मचारीको यस अघि गरेको परीक्षणमा कसैमा कोरोना देखिएको छैन ।साउन २३ गते रातीदेखि दोस्रो पटक लकडाउन सुरु भएको पथरीशनिश्चरेमा यसअघि ५ जनामा कोरोना देखिएपनि सवैजना निको भएर घर फर्किएका छन् ।

आइतबार, साउन २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया