बाहुबली फेम भल्लालदेव अर्थात् राण दग्गुबतीले मिहिका बजाजसँग विवाह गरेका छन् । शनिबार उनीहरुको विवाह समारोह रामानायडू स्टुडियोमा पूरा भयो । यो विवाह समारोहमा उनीहरुका परिवारका सदस्य, केही आफन्त, साथीहरु र फिल्म इन्डष्ट्रिसँग जोडिएका व्यक्तित्व समावेश थिए । समान्था अक्किनेनी नागा चैतन्य, राम चरण र अलु अर्जुन विवाह समारोहमा उपस्थित भएर राणा र मिहिकालाई बधाई दिए ।

राम चरणले इन्स्टाग्राममा राणालाई बधाई दिँदै लेखेका थिए, ‘अन्ततः मेरो हल्कले विवाह गर्यो । राणा दग्गुबती र मिहिका बजाजको विवाह सधैं सुखमय बितोस् ।’

कोभिड–१९ को प्रोटोकललाई ध्यानमा राखियोः

विवाहको क्रममा कोरोनाको प्रोटोकललाई ध्यानमा राख्दै विवाह स्थलमा स्यानिटाइजर र डिसइन्फेक्टेन्ट टनल्स राखिएका थिए । सामाजिक दुरीको पालना पनि गरियो । उनीहरुको विवाहमा ३० भन्दा कम व्यक्तिको उपस्थिती रह्यो र सबैको विवाह स्थल प्रवेश गर्नुअघि कोभिड–१९ परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!