सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा पुनः नयाँ कुराको खुलासा भएको छ । यसैबीच सुशान्तसँगै एउटा फ्ल्याटमा बसेका सिद्धार्थ पिठानीबारे अचम्मित गरिदिने जानकारी प्राप्त भएको छ । आइटीको रुपमा कार्यरत पिठानी विगत एक वर्षदेखि राजपूतसँग एउटै फ्ल्याटमा बस्दै आएका थिए । खबरलाई विश्वास गर्ने हो भने सिद्धार्थको एउटा झुटोको वास्तविकता सार्वजनिक भएको छ जुन रियासँग सम्बन्धित छ ।

सिद्धार्थले हालै एक अन्तरवार्तामा सिद्धार्थ पिठानीले रियालाई खासै राम्रोसँग नचिन्ने बताएका थिए । सिद्धार्थले रियासँग सुशान्तले भेट गराइदिएका कारण आफूलाई रियाबारे खासै जानकारी नभएको बताएका थिए । यद्यपि, रिया चक्रवर्तीको कल डिटेल्सले अर्कै कुरा बताएको छ । रिया चक्रवर्तीको पछिल्लो एक वर्षको कल डिटेल्समा सिद्धार्थको कुरा बाझिएको हो । मिडियाको रिपोर्टलाई विश्वास गर्ने हो भने रियाले सिद्धार्थ पिठानीसँग फोनमा १०१ पटक फोन गरेको । त्यस्तै महेश भट्टसँग १८ पटक, स्यामुएल मिरान्डासँग २८७ पटक, बुवासँग ११९२ पटक, आफ्नो भाइसँग १०६९ पटक, श्रुती मोदीसँग ७९ज्ञ पटक र सुशान्तसँग वर्षमा १३७ पटक कुरा गरेकी थिइन् । अब रियाको कल डिटेल्स सार्वजनिक भएपछि सिद्धार्थ पिठानीले रियालाई खासै चिन्दिनँ भनेर साँच्चै नै झुटो बोलेका हुन् भनेर पर्दाफास हुन्छ । यस्तै, रियाले आफ्नो इन्स्टाग्राममा केही भिडियो अपलोड गरेकी छिन् जसमा उनले सिद्धार्थ पिठानीलाई ट्यागसमेत गरेकी छिन् । यतिमात्रै होइन, रियाको केही भिडियो सिद्धार्थले नै खिचेका हुन् भन्दै रिया आफैंले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!