मोरङको रतुवामाइ नगरभित्र व्यत्तीगत उज्यालो कार्यक्रम अन्तरगत युवा समाजसेवी कृष्ण कार्कीले सबैको घरमा बिजुली बत्ति बिधुत जडान गरिदिने घोषणा गर्नुभएको छ ।

उहाले जो आर्थिक स्थर कमजोरो भै अझै पनि टुकि बत्ती बाल्नु पर्ने बाध्यतमक अवस्था भएका परिवारको घरमा बिजुलीको वाइरिङ गरिदिने ,मिटर जडान गरिदिने घोषणा गर्नु भएको हो , त्यसका लागि रतुवामाइ नगरपालिकाको नगर क्षेत्र भित्र बसोबास गर्ने टुकि बालिरहेका परिवारले आफ्नो परिचयपत्रको फोटोकपि झापामोरङ अनलाइनको फेशबुक पेजको इनबकसमा मेसेज गरेर वा स्थानिय नरेश धामीको ९८५२०७२२८५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कार्की भन्छ्न अहिले नगरे कहिले गर्ने , युवा नगरे कसले गर्ने ? आफू परदेशमा भएनि नेपालीले दुख पाएको सुन्नै सक्दिन त्यसले सहयोग नगरी मन नै मान्दैन शान्ति नै मिल्दैन , स्मरण रहोस् कार्कीले रतुवामाइ मोरङमा एम्बुलेन्सको भाडा तिरिदिने यस अघि नै घोषणा गरिसकेका छ्न र उक्त्त कार्यक्रमलाई पनि निरन्तरता दिइरहने बताएका छ्न ।
पैसाकै कारण कोहि शिक्षाबाट बञ्चित भएका छ्न भने उज्यालो देखाउने काम मेरो हो र म त्यस्ता व्यतिलाई पढाइदिने समेत कार्कीले जानकारी गराएका छ्न ।
उनिले बिगतमा मोरङ रतुवामाइमा रहेका बिपन्न सुकुम्बासी परिवारको एघार घर समेत निमार्ण गरिसकेका छ्न भने रतुवामाइ र ओखलढुङ्गाका तीस जना वृद्ध वृद्धालाई मासिक एक हजार आर्थिक सहयोग जस्ता सयौ सामाजिक कामलाई निरन्तरता दिइरहेका छ्न । कार्की ओखलढुङ्गामा जन्मिएका हुन भने उनिको स्थायी ठेगाना मोरङ रतुवामाइ इटहरा टालिभट्टा हो हाल उनी जापानमा छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34