शुक्रबार, साउन २३, २०७७ || 869  पटक पढिएको

फिल्म ‘दिल बेचारा’ को गीति एल्बम यतिबेला भारतीय म्युजिक उद्योगमा आकर्षणको केन्द्र बनेको छ । मुकेश छाबडाको निर्देशन रहेको फिल्मको संगीतले लोकप्रियताको नयाँ उचाई समेत बनाएको छ । डिज्नी हटस्टारमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी दर्शक पाउने फिल्म समेत बनेको छ ।

दर्शकले फिल्मको संगीतलाई धेरै माया दिइरहेका छन् । सोनी म्युजिक इन्डियाले दर्शकको अनुरोधमा फिल्मको एकअर्काे गीत ‘मसखरी’ समेत सार्वजनिक गरेको छ । सुनिधि चौहान र हृदय गट्टाणीको स्वर रहेको गीतमा हासोमजाकको अलवा जिन्दगीको हर समस्या समाधान गर्ने सुझाव समेत रहेको छ ।

सोनी म्युजिक इन्डियाका सीनियर निर्देशक सनुजित भुजबलले फिल्मका प्रसंशक, दर्शक तथा संगीकार ए आर रहमानका संगीतका फ्यानले गीत रिलिज गर्न अनुरोध गरेका बताए । ‘दर्शकको अनुरोधमा गीत रिलिज गरेर धेरै खुसी छौ’ उनले भने । गीतको शब्द अमिताभ भट्टचार्यले लेखेका हुन् ।

जोन ग्रीनको उपन्यास ‘द फल्ट इन और स्टार्स’ आधारित फिल्म ‘दिल बेचारा’ दुई आम मानिस किजी र मैनीको कथामा आधारित रहेको छ । जो घटना घटेपनि प्रेममा पर्दछन् । मुकेश छाबडा निर्देशिन फिल्ममा सुशांतसिंह राजपुत र संजना सांधी मुख्य भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!