कोरोना संक्रमणको समेत प्रवाह नगरी काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवारी जातीको जनघनत्व भएका शहरमा गाईजात्रा पर्व देखि शुरु हुने परम्परागत पर्वहरुलाई यथास्थितिमा मनाएर सरकारलाई चुनौति नै दिएपछि सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न छुट्टै निर्देशिका जारी गरेको छ ।

सरकारले कुनै पनि कार्य गर्न आम नागरिकलाई रोक लगाए पछि जनस्तरबाट अवज्ञा भएको थियो । जनस्तरको अवज्ञालाई ध्यानमा राखी स्वास्थ्यका दृष्टिकोणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको जनाएको छ । निर्देशिकामा चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ ।

घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिईएकोछ ।

धार्मिक स्थलमा हुने कार्यक्रममा २५ जना भन्दा बढी भेला नहुन र भौतिक दुरी कायम गरि दायाबायाँका साथ देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न निर्देशन दिईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्देशिका विहिवार जारी गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!