बिहिबार, साउन २२, २०७७ || 516  पटक पढिएको

प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकाज बन्द गरिएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालयको कामकाज बन्द गरिएको हो ।

मन्त्री यादव, प्रदेशसभा सदस्य डा.यादव लगायत कर्मचारीमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयभित्र प्रवेश निषेध गरी सिल गरिएको छ । आन्तरिक मामिला मन्त्रालयमा बुधबार ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएलगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ भने सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताला लगाइएको छ ।

कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्रीहरु निवासबाटै काम गरिरहेका छन् भने केहि मन्त्रीहरु भने आ–आफ्नो गृहजिल्ला गएको मन्त्रालायका एक कर्मचारीले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मुलद्वारमा खटिएका सुरक्षाकर्मीले मन्त्रीदेखि कर्मचारी बाहेक अन्यलाई भित्र प्रवेश गर्न समेत निषेध गरेका छन् । मन्त्रिपरिषद कार्यालयले एक सूचना प्रकाशित गरी ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएकोले हालका लागि कार्यालय सिल गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!