बिशेष गरेर मौलिकतालाई आफ्नो शिरमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य माइला गुरुले फेरी अर्को सांगीतिक कोसेली लिएर आएका छन् । उनले यस अगी मलाई माया गर्छ्यौ कसरि, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । यिनै गीतहरुको सफलता पछी अमृतको यो “चितामा दागबत्ति” पछिल्लो प्रस्तुति हो । उनको यस पटक बजारमा आएको गीतमा , यदि म अकालमा नै मृत्युको मुखमा पुगेछु भने आँशु नझार्नु, सकिन्छ भने फेसबुकको भित्तामा फोटो राखेर श्रद्धान्जली दिनु भन्ने किसिमको भाव समाबेश गरिएको छ ।

निकै घत लाग्दो भावमा तयार भएको यस भाकालाई अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना अर्का प्रतिभावान कलाकार शिशिर शर्माले तयार गएका हुन् । “चितामा दागबत्ती” बोलको गीतको म्युजिक भिडियोमा अमृत आचार्य माइला गुरु, शिशिर शर्मा, रीतिका अर्याल र बाल कलाकारहरु आयुष आचार्य, अश्मिता आचार्य, मनिषा पुलामी मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा दमको रोगबाट मृत्यु भएका एक आफन्तको वियोग उतारिएको छ सुन्नमा आए अनुसार यस गीतको भाव गायक अमृत आचार्य माइला गुरु र सर्जक शिशिर शर्मा दुबैको जिबनमा घटेको यथार्थ भाव भनिएको छ । भिडियोलाई निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् भने छायांकन जयन्द्र रावल र सम्पादन मिडिया पिक्चर्स नेपालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!