परपुरुषसँग रंगेहात भेटिएकी नवलपरासीकी सरस्वतीले श्रीमानलाई मारेर सेफ्टी ट्यांकीमा फालिन्

परासी/ परपुरुषसँग मिलेर श्रीमतीले पतिको हत्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टी ट्यांकीबाट शव बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-३ घोडपालीका ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

मृतक पाण्डेको शव घरनजिकै रहेको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शुक्रबार प्रहरीले बरामद गरेको हो। मृतक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। हराएको दुई सातासम्म उनको अवस्थाबारे जानकारी नआएपछि पाण्डेकी श्रीमतीसँग स्थानीय महिलाहरूले बारम्बार सोधखोज गरेका थिए। त्यसक्रममा मृतक पाण्डेकी श्रीमती सरस्वतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको थियो।

पक्राउपछि सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। बयानका क्रममा सरस्वतीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको र त्यही कारण हत्याको योजना बनाएको उल्लेख गरेकी थिइन्।

हत्याको दिन मृतक पाण्डेले आफ्नै घरमा परपुरुषसँग श्रीमतीलाई देखेपछि घटना लुकाउन दुवै जना मिलेर कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भएको आरोपमा किटानी उजुरी दर्ता भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न ती पुरुष अहिले फरार छन्। उनको खोजी भइरहेको भन्दै प्रहरीले नाम उल्लेख गरेको छैन। पक्राउ परेकी पाण्डेलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

डिसि नेपाल बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!