शुक्रबार, पौष २५, २०७६ || 1173  पटक पढिएको

हिपमत डटकम
धनुषा, २५ पौष : माफिया आतंक यो हदसम्म पुगेको छ भन्ने नमूना धनुषामा एक युवाको हत्याले देखाएको छ । अवैध रुपमा नदीबाट गिट्टीबालुवाको उत्खनन गर्ने एक माफिया समूहले धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या गरेको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।महतोले मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्न पुग्दा ज्यान गुमाउनुपर्यो । उनलाई माफियाहरुले टिपरले किचेर हत्या गरे । घटनापछि धनुषा तनावग्रस्त बनेको छ ।घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजनीति र प्रहरीको संरक्षणमा नै देशभरी नै यस्ता समूह सक्रिय हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!