बुधबार, साउन २१, २०७७ || 725  पटक पढिएको

तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १६० रुपियाँ परेको अनुभव कलङ्कीकी उपभोक्ता रमा आचार्यले बताए । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने रमाको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।

कलङ्की चोकमै तरकारी भाउ बुझिरहेका वाफलमा डेरा गरी बस्ने विमल कार्कीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाए । उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । कार्कीले तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो उनको भनाई छ ।

प्रायः तरकारी महँगो
बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ४५ देखि ५० रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६८ देखि ७० रुपियाँ पुगेको छ ।

दस/पन्ध्र दिन अगाडिसम्म प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ६५ देखि ७० रुपियाँसम्म पुगेको छ ।

यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोई नसक्नु भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!