मंगलबार, साउन २०, २०७७ || 594  पटक पढिएको

सुशान्त सिंह राजपुतको दुखद निधन पछि बलिउडमा आफन्तवादको मुद्दा चर्को हुँदै गएको छ । धेरै कलाकारहरु परिवारवारवादको बिरुद्ध बोलिरहेका र लेखिरहेका छन् । कंगना रनोट लगातार रुपमा आफ्ना टिमको सामाजिक सञ्जालका एकाउन्टहरुबाट परिवारवादको बारेमा बोल्दै आएकी छिन् । आज उनले करिना कपुर खानलाई निशाना बनाएकी छिन् ।

करिनाले एक अन्र्तवार्तामा भनेकी थिइन्, ‘परिवारवादको कारण चलचित्र उद्योगमा बस्न सक्दैनन, यस्ता स्टारका बच्चाहरुको अभाव छैन । ’ कंगनाको टिमले ट्विट गरी करीनाको यस कुरामा धेरै प्रश्नहरु सोधे । जसमा लेखिएको छ –करीना जी तपाइँले दर्शकलाई केहि छिन त खुशी बनाएर आशाबादी बनाउनुभयो, तर उनीहरुलाई थाहा छैन कि आशा भन्दा सफलताले बलिउडलाई बलिउडमा परिणत गर्छ । कंगनाको टिमबाट करीनालाई धेरै प्रश्न सोधिएको छ । करीनालाई तपाइँकै साथी कंगनाले किन बलिउड छाड्ने भनेकी थिइन् ? भन्दै सबै प्रश्नको जवाफ दिन पनि आग्रह गरेका छन् ।

यसको साथै ट्विटमा स्टार किड्सहरुलाई चेतावनी जारी गर्दै लेखेका छन्, ‘हामीलाई तपाइँहरुको सुख सुविधामा समस्या होइन्, हाम्रो समस्या त जुन तरीकाले तपाइँ हाम्रो साथमा व्यवहार गर्दै आउनुभएको छ । यस्तै गुटबाजीले सुशान्तको हत्या भएको छ । उनको मृत्युले फिल्म उद्योग नै पिडित भएको छ । ’

उनलाई यी सबै कुरामा दःखी थिए कि सबैले उसैलाई अपराधी भन्यै र उसलाई कामको कहिल्यै हक दिइएन । अहिले वास्तविक मुद्दाहरुमा कुरा गर्नुपर्छ, चलचित्र र कपडाको कुराकानी गर्ने विषय होइनन् । वलिउड स्टार किड्सहरु अहिले चलिरहेको परिवारवादको विवादको कारण सामाजिक सञ्जालबाट टाढा भएका छन् । खासगरी ट्विटरमा उनीहरुले गतिविधि कम गर्दै लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!