मंगलबार, साउन २०, २०७७ || 721  पटक पढिएको

प्रतिवन्धित औषधि बेचबिखन तथा ओसार-प्रसार गर्ने लेटाङका एक युवकलाई आईतवार राति १० बजे लेटाङ प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका वडा नं ९ बस्ने २७ वर्षीय मनोज मगर नामका ती युवक ईलाका प्रहरी कार्यालय लेटाङ तथा अस्थायी प्रहरी चौकी जाँतेको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी ट्रमा ३१६ चक्की, डेकोलिक ३८८ चक्की र को २ ह ६१७४ नम्बरको टेम्पो सहित मोरङ्गी खोलाको पुलबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मगरलाई बिराटनगर स्थित औषधि ब्यवस्था बिभागको शाखा कार्यालयमा आवश्यक कार्वाहीको लागि पठाईएको ईलाका प्रहरी कार्यालय, लेटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!