कोरोनाविरुद्व खोप निर्माण गर्ने दौडमा अग्रसर देखिएको भारतीय कम्पनी सेरमले मानवीय परीक्षण गर्न सरकारबाट मान्यता पाएको छ । भारतको शीर्ष औषधी नियामक निकायले सेरेम कम्पनीलाई अन्तिम चरणको मानवीय परीक्षणको लागि मान्यता दिएको हो ।

अक्सफर्डद्वारा निर्मित खोपको भारतमा सेरेमले मानवीय परीक्षण गर्नेछ । खोपको परिक्षणका लागी पुनेमा रहेको सेरेम हेडक्वाटरमा उच्च अधिकारीहरुले शुक्रबार प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा केन्द्रिय औषधी मानक नियन्त्रण संगठनका प्रमुखले समेत हस्ताक्षर गरेका थिए । उक्त प्रस्तावलाई सोमवार भारतीय स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

दोस्रो र तेस्रो चरणको परिक्षणमा करिब १६ सय स्वयमसेवीहरु सहभागी गरिने जनाइएको छ । उक्त खोपको मार्केटिङ गर्न समेत प्रस्ताव अघि सारिएको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै मञ्चमा खोपको परिक्षण हुने भएको छ । मापडण्ड पुरा गरी खोपलाई भारतको विभिन्न स्थानमा समेत परिक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्थान भने तोकिएको छैन् ।

खोपको परिक्षण सर्वप्रथम मुम्बई र पुनेमा हुने छ । खोपले सेता रक्त कोशिकामा टि सेलको विकास गर्न मद्दत गर्दछ । जसले भाइरसलाई मार्न अत्यधिक सक्षम हुने जनाइएको छ । टि सेल शरीरमा एन्टीबडी भन्दा बढी समयसम्म टिक्ने र भाइरससंग लड्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!