मंगलबार, साउन २०, २०७७ || 1054  पटक पढिएको

लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध र मेमोरी कार्डसहित पक्राउ गरेका थिए । उक्त बिरालोको घाँटीमा दुई ग्राम हेरोइन, दुईवटा सिमकार्ड तथा मेमोरी एउटा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा फेला परेको थियो । अवैधानिक काममा संलग्न गराइएको सो बिरालोलाई प्रहरीले समाएर जेलकै एउटा कोठामा हिरासतमा राखेका थिए । तर सोमबार आफूलाई राखिएको कोठाबाट सो बिरालो भाग्न सफल भएको छ ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!