मंगलबार, साउन २०, २०७७ || 603  पटक पढिएको

जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ । कार्की षडानन्द नगरपालिकाको दिङ्लाबजारदेखि घर जाने क्रममा गत शनिबार कुटिएका थिए। पीडित कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भीर घायते भएको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन्।

यता वडाध्यक्ष बुडाथोकीले बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र सामान्य विवाद मात्र भएको स्वीकारेका छन् । विवादपछि ठेलाठेल हुँदा दुवैलाई सामान्य चोटपटक पनि लागेको उनले बताए । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिइ पीडित कार्कीको परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि पीडित कार्कीलाई थप उपचारका लागि विराटनगर पठाइएको पारिवारिक स्रोतले जनाएको समाचार आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!