सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाबारे उनकी पूर्व प्रेमिका अंकिता लोदंडे अब खुल्ला रुपमा कुरा गरिरहेकी छिन् । उनले आफ्नो हरेक अन्तर्वार्तामा सुशान्त कहिले पनि डिप्रेशनमा हुन नसक्ने बताएकी छिन् । स्मरण रहोस्, अंकिता सुशान्तको अन्तिम संस्कारमा समावेश भएकी थिइनन् ।

यसबारे कुराकानी गर्दै अंकिताले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनिन्, ‘म सुशान्तको अन्तिम संस्कारमा गइनँ किनभने म उसलाई त्यो अवस्थामा हेन सक्दिनथेँ । म जीवनमा अघि बढ्नुपर्ने मान्छे, उसको त्यो अवस्था देखेको भए आफूले आफैंलाई सम्हाल्न सक्दिनथेँ । यो निकै भयानक अनुभव हो । त्यसकारण मैले त्यहाँ नजाने निधो गरेँ । तर म उनको परिवारलाई भने भेट्न गएँ किनभने उहाँहरु सबैजना ठिक हुनुहुन्छ कि हुन्नँ भनेर हेर्न चाहन्थेँ । जो जानुपर्ने थियो, ऊ गयो । तर ड्याडी थिए । यो मेरो कर्तव्य थियो कि परिवारका सबैजना ठिक हुनुहुन्छ कि हुनुहुन्नँ ।’

अंकिताले कुराकानीको क्रममा उनको परिवारलाई भेट्दा उहाँहरु पूर्ण रुपमा टुटिसकेको बताएकी छिन् ।

सुशान्तको मृत्युको खबर पाउँदा कस्तो महसुस भएको थियो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘म खासमा सुतिरहेकी थिएँ । मेरो फोनको घण्टी बज्यो । सायद पत्रकारको थियो, फोन उठाएपछि भनियो, ‘अंकिता तिमीलाई थाहा छ, सुशान्तले त आत्महत्या गरे ’ । उक्त फोन सुनेपछि म पूर्ण रुपमा टुटेँ । कोठाबाट बाहिर निस्किएँ । अनि बेस्सरी रोएँ ।’

उनको मृत्युको खबर पाएको १० मिनेटभित्र सुशान्तले आत्महत्या गरेको फोटो र भिडियो फोनमा आइसकेको उनले बताइन् । सुशान्तले आत्महत्या गरेको चार दिनसम्म उनले घरमा टिभी खोल्न नदिएको पनि बताइन् ।

स्मरण रहोस्, सुशान्तको आत्महत्याको अनुसन्धानका लागि बिहार पुलिस, मुम्बई गएर अनुसन्धान गरिरहेको छ । यद्यपि, मुम्बई पुगेको बिहार पुलिसलाई मुम्बई पुलिसले कुनै मद्दत नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!