काठमाडौंमा थपिएका संक्रमितमध्ये एक जना ट्याम्पो चालक रहेको खुल्न आएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार संक्रमित पुरुषले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए। लकडाउनका बेला उनी सुदूरपश्चिम आफ्नो घर गएका थिए। केही दिनअघि उनी काठमाडौं फर्कँदा नागढुंगामा स्वाब संकलन गरिएको थियो। सो स्वाब संकलनपछि हिजो मात्रै उनको रिपोर्ट पोजेटिभ आएको पाइएको राईले बताए। सार्वजनिक सवारी चालकलाई नै संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङमा भने समस्या थपिएको छ। उनको ट्याम्पोमा तीन दिनसम्म यात्रा गर्ने यात्रुहरु पत्ता लगाउन सहज छैन। त्यस्तै उनले ट्याम्पोको ब्याट्री चार्ज गर्न शान्तिनगरस्थित एक ग्यारेजमा लैजाने गरेका थिए। ग्यारेजमा एक पटकमा ३०–३५ ब्याट्री चार्ज हुने गर्छ। सो क्रममा उनीसँग सम्पर्कमा आएकाहरु पनि धेरै हुन सक्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!