आइतबार, साउन १८, २०७७ || 576  पटक पढिएको

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल आफू स्थायी कमिटी बैठक राख्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता झलनाथ खनालसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बरिष्ठ नेता खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे । तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गरे । उनले भने,‘दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भयो । ओलीजीले अहिले सचिवालय राखौं भन्नुभयो, उहाँले स्थायी कमिटी बैठक राख्न मान्नुभएन । तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं । फेरि पनि वार्ता गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!