वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकमा कोरोना संक्रमितको शव गाड्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ । कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नं. ३१, मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचोकमा जम्मा भएका स्थानीयवासीहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रुग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानीवासी आफ्नो मागबाट पछि हट्न मानेका थिएनन् ।

प्रहरीले आश्रुग्यास र हवाई फायर गरेपछि विरोधमा उत्रेका स्थानीयवासीले ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेको स्थानीय युवा प्रकाशकुमारले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो भने नेपाली सेनाको उपस्थिति देखिएन ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव गाड्नका लागि २ वटा जेसिभी समेत मिलनचोक पुर्याइएको थियो । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि मिलनचोक पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिभि देख्ने वित्तिकै स्थानीयवासी विरोधमा उत्रेका थिए । यसअघि पनि साउन १२ गते मिलनचोकबासीको अवरोधका कारण शव व्यवस्थापनमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!