शुक्रबार, साउन १६, २०७७ || 1020  पटक पढिएको

मोडलिङ्गमा आफ्नो कैरियर बनाउन वर्षेनी हजारौंको संख्यामा युवा युवतिहरु सपनाको शहर काठमाण्डौ आउने गर्छ । अथक मेहनत र वर्षौंको संघर्ष पश्चात केहि मात्रले अफ्नो स्थान बनाउन सफल हुन्छ । ती मध्ये एक हुन बेबो आचार्य । विगत ४ वर्ष देखि मोडलिङ्गमा संघर्षरत बेबो आचार्य ४ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । बेबो आचार्यको संघर्षको को विषयमा हिपमतकर्मी बिरेन्द्र कुमार साहले गरेको कुराकानीको संपादित अंश ।

. मोडलिङ्गमा कहिले देखी लाग्नु भयो ?
हुनतः म सानै देखि कलाकार बन्न चाहन्थे, स्कुल पढदा देखि नै म अभिनय गर्थे, फेशन शो जस्ता कार्यक्रमहरुमा सहभागि हुन्थे तर काडमाण्डौ आएर काम गरेको चार वर्ष भएको हो । वाल्यकालमा कलाकार बन्ने रहर नै मेरो लक्ष्य हो र त्यही पुरा गर्न विगत चार वर्ष देखि सपनाको नगरि काठमाण्डौमा संघर्ष गरी रहेकि छु । यो चार वर्षमा मैले धेरै अनुभव पाएको छु । दर्शकहरुको माया पाएको छु र वाहाँहरुको मायाको सम्मान गर्न सधै संघर्ष गरि रहन्छु ।

. यो क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?
अहिले सम्म गुमाएको जस्तो मलाई केहि लागेन । पाउन चाहीं धेरै नै पाएको छु । सोंचे भन्दा बढी नै पाएको छु । नाम र दाम त आफ्नो ठाउँमा छदैछ तर, त्यो भन्दा पनि बढी दर्शकको माया, वहाँहरुले दिनु भएको सम्मान मेरो लागि ठुलो उपलब्धी हो । एउटा कलाकारको लागि दशर्कको माया भन्दा अरु के चाहिन्छ ? मेरो लागि त्यो नै सब भन्दा ठुलो उपलब्धी हो ।

. कुनै ठूलो अफर जुन तपाईलाई मन नपरेर नगरेको ?
हैन, अहिले सम्म त्यस्तो अफर आएको छैन र आगामि दिनमा पनि त्यस्तो न आओस भन्ने म कामना गर्छु ।

. यस क्षेत्रमा नयाँ कलाकारलाई टिकी रहन कतिको समस्या छ ?
समस्या भन्दा पनि कलाकारको आफ्नो सोंच, आफ्नो अभिनय र आफ्नो कार्य प्रति ध्यान दिनु जरुरी छ । यस क्षेत्रमा नयाँ पुरानो केहि हुँदैन । मात्र उसको कार्य दक्षता र अभिनय नै बलियो आधार हुन्छ । किनभने कलाकारको लागि दर्शक नै सबभन्दा ठुलो हो । वहाँहरु हरेक कुरा छुटयाउनु हुन्छ र दर्शकको निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यसैले यस क्षेत्रमा कहिले घमण्ड गर्नु हुदैन । आफ्नो कैरियर माथी लगनशिल भएर मेहनत गर्नु पर्छ ।

. अहिलेसम्म प्रेममा पर्नु भएको छ ?
यो संसारमा माया बिना को नै बाचेको छ र ? सबैलाई माया चाहिन्छ, सबैलाई प्रेम चाहिनछ तर, विहेगर्नको लागि आफ्नो जीवन साथीको लागि जुन प्रेमको तपाइँ कुरा गर्नु भएको छ त्यो अहिले भएको छैन । राम्रो साथी (केटा) भेटाए उहीं पछि जीवन साथी पनि हुनसक्छ ।

. सेक्सको विषयमा तपाईको धारणा के छ ?
सेक्स एउटा शारिरीक क्रिया हो । यसलाई ठूलो इस्सुको हिसाबमा लिन अहिलेको समयमा उपयुक्त होइन । मन मिलने साथी संग शारिरीक सम्बन्ध बनाउन सकिने मेरो मान्यता हो ।

. तपाई आफुलाई मोडलिङ्गमै सिमित हुने हो की अरु केही सपना छ तपाईको ?
मा प्रायः सपना कै दुनियामा नै हुन्छु । अनगिन्ति सपनाहरु छन् मेरा तर, अहिले त्यो भन्दिन । पुरा हुँदै जाँदा सबभन्दा पहिला तपाईलाई नै भन्छु ।

. घर गृहस्तीको विषयमा के हि सोच्नु भएको छ ?
होइन, अहिले त्यस्तो केही सोंचेको छैन । किनभने अहिले मलाई मेरो कैरियरमा ध्यान दिनु जरुरी छ । आफ्नो सपना साकार पार्नु छ । तर, मलाई बुझ्ने, म माथी विश्वाश गर्ने, मलाई माया गर्ने र मेरो कामलाई साथ दिने मान्छे भेटायो भने पछि केहि सोच्न सकिन्छ ।

. अन्तयमा के भन्न चाहनु हुन्छ ?
सब भन्दा पहिला त म मेरो कामलाई माया गर्ने सम्पूर्ण दशर्क, प्रशंसक, शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छु । साथै सबै संग के आग्रह गर्न चाहन्छु भन्ने सबैलाई माया गर्नुस्, आदर गर्नुस, सकिदैन भने कसैलाई कुभलो नचिताउनुस्, कसैलाई नराम्रो नगर्नुस र नभन्नुस् यही मेरो आग्रह हो । अन्तयमा मेरो बारेमा यति राम्रो लेखिदिनुहुने मित्र बीरेन्द्रकुमार साह तथा हिपमत डटकम परिवारलाई धेरै धेरै धन्यवाद छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!