हिपमत डटकम
बीरेन्द्रकुमार साह
बिराटनगर,पौष २४ :सुनसरीको इटहरीमा पहिलो चोटी हुन लागेको मिस मार्टिना २०२० को दोस्रो अडिसन इटहरिस्थित मार्टिना मेकअप स्टुडियोमै पौष २६ गते शनिवार हुने भएको छ ।
नगद रु.५० हाजर बिजेताले प्राप्त गर्ने यस प्रतियोगिताको लागि पहिलो अडिसन बाट पाँच जना प्रतियोगी छनौट भइ सकेको मार्टिना मेकअप स्टुडियोकि संचालिका उर्बी श्रेष्ठले जानकारी दिए ।
लामो समय देखि मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको प्रतिभा लाई बाहिर निकाल्न तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताउछिन् ।
यसै कार्यक्रम बाट मुनाफा भएको केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने र बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न सहयोग गर्ने श्रेष्ठ बताउछिन ।
आयोजक संस्था मार्टिन मेकअप स्टुडियोले फेसन सो, जस्ता कार्यक्रमहरु संचालन गर्नुका साथै सामाजिक कार्यमा पनि सफल रहेका छन् ।