खबर ठुलो छ

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनकी कथित प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् । रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरहेको र उनको आफ्नो बयान पनि प्रहरीलाई दिइसकेको जानकारी दिएकी छिन् । सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजिव नगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए । रियाले आफूलाई सुशान्तकी प्रेमिका बताउँथिन् तर सुशान्तका पिताले उनको छोराको मृत्यु रियाकै कारण भएको दाबी गरेका छन् । सुशान्तको मृत्युको अनुसन्धान सिबिआईमार्फत् गराउन पनि माग भइरहेको छ । यद्यपि, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको सरकारले सुशान्त सिंहको मामिला सिबिआईलाई नसुम्पने स्पष्ट पारिसकेका छन् । सुशात सिंह राजपूतको मृत्यु प्रकरणमा उनका पिताका वकिल विकास सिंहले पटना प्रहरीले एफआइआर दर्ता गर्न हिच्किचाइरहेको बताएका थिए तर मुख्यमन्त्री नितिश कुमार र मन्त्री सञ्जय झाले भनेपछि मात्रै एफआइआर दर्ता भएको हो । विकास सिंह पूर्व एडिशनल सोलिसिटर जनरल हुन् र सर्वोच्च अदालतका वरिष्ठ वकिल हुन् । मंगलबार सुशान्त सिंह राजपूतका पिता के.के सिंहले पटनामा सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गराएका छन् ।

बिहिबार, साउन १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया