बुधबार, साउन १४, २०७७ || 893  पटक पढिएको

शान्ति सैनिकका रुपमा सुडानमा आफ्नो ड्यूटी पुरा गरेका नेपाली सेनाका २ सय ५० कर्मचारी आज काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मंगलबार राती सुडानतर्फ उडेको थियो । उक्त जहाजले काठमाडौंबाट २ सय ३८ शान्ति सैनिक बोकेर सुडान लागेको थियो । यो जहाज ओमानको मस्कटमा ट्रान्जिट लिएर सुडानतर्फ लागेको हो । यो जहाज सुडानबाट भने सिधै काठमाडौं आउने छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शान्ती सैनिक बोकेको यो जहाज सवा ९ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ । लकडाउनपछि संयुक्त राष्ट्रसंघका लागि नेपाल एयरलाइन्स गरेको यो दोस्रो चार्टर्ड उडान हो । यसअघि नेपाल एयरलाइन्स पहिलो पटक अपि|mकी मुलुक जाने क्रममा माली र सेन्ट्रल अफ्रिकन रिपब्लिक पुगेको थियो । यी दुई गन्तब्यमा समेत नेपाल एयरलाइन्सले शान्ति मिसनमा खटिएका सेनाका जवान तथा अधिकृत नै बोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!