खबर ठुलो छ

सिरहामा घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने हो । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सिरहा प्रहरीले सचेतनामुलक कार्यक्रम गर्नुका साथै माक्स वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाको आयोजना कार्यक्रममा भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै माक्स वितरण गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरु द्धारा चोकःचोकमा सर्वसाधारणलाई सचेत गराईरहेको छ । प्रहरीले जनचेतनाका साथै उनीहरुलाई अनिवार्य रुपमा माक्स लगाउन सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) उमा शंकर पजियारले जानकारी दिए । सकडमा बिना माक्स लगाई मोटरसाईकल, साईकल र पैदल हिडने हजारै जनाभन्दा बढीलाई माक्स प्रदान गरिएको (एसपी) पजियारले जानकारी दिए ।

जिल्लामा संक्रमितको संख्या कम नभएकोले सबैलाई अनिवार्य रुपमा मास्क लगाउने बानी पार्नका लागी दबाबस्वरुप यस्तो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंलले जानकारी दिए । संक्रमणबाट आफू मात्र नभई अरुलाइ बचाउनका लागि पनि मास्कले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी कडेंलले बताए । प्रमुख जिल्ला अधिकारी कडेंलले भने संक्रमणका कारण छिमेकी जिल्ला आक्रान्त बनिरहेको अवस्थामा सिरहाबासी पनि सजह हुन आवश्यक रहेको बताए । उनले समयमै सबैजना सतर्क भएमा संक्रमण नफैलिने भएकोले यसबाट जोखिने उपायहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सकेसम्म तातो पानी खान, सरसफाईमा ध्यान दिनुका साथै पटकःपटक साबुन पानीले मिचिमिची हात धुने बानीको विकास गर्न आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंलले भने यस्ता बानीहरु नअपनाई बिना मास्क सडक, बजारमा हिड्डुल गरेमा संक्रमण रोग ऐन अन्तर्गत १ सय रुपैयाँ जरिवाना गर्ने समेत जानकारी दिए ।

बुधबार, साउन १४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया