बुधबार, साउन १४, २०७७ || 1058  पटक पढिएको

उदयपुरको बेलका नगरपालिका-३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका-५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् । श्रावण १२ गते धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका-३ सिसौली टप्पु गएका राई श्रावण १३ गते राती ८ बजे प्रदेश १-०२-००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा बाढी आएको देखि चालकलाई गाडी रोक्न लगाई गाडीबाट ओर्लेर बाटो नियाल्ने क्रममा अचानक बाढीले बगाउदा बेपत्ता भएका थिए ।

राई बेपत्ता भएको खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ बजे बगाएको स्थान भन्दा करिव ५०० मिटर दक्षिण मृत अवस्थामा फेला पारिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!