शुक्रबार, आश्विन ०३, २०७६ || 3362  पटक पढिएको

विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपकराई (विकल्प)ले पार्टी परित्याग गरेका छन् ।
पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपामा व्यवहारमा समस्या देखिएको बताए । ‘पार्टीको गतिविधिप्रति म असन्तुष्ट छु,’ पत्रकार सम्मेलनमा उनले भने, ‘हिंसात्मक गतिविधि गर्ने, तर जिम्मा नलिने, सिद्धान्त एउटा लिने व्यवहार अर्को गर्ने विषयले मलाई असन्तुष्ट बनाएको हो ।

२०६३ सालदेखि तत्कालिन माओवादीमा संलग्न भएका उनी पार्टी विभाजन भएसँगै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र त्यहाँबाट पनि विभाजित भएपछि विप्लव नेतृत्वको नेकपामा लागेका थिए । उनलाई गत असार ९ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो । धरानमा भएका कतिपय हिंसात्मक गतिविधिमा लागेको भन्दै उनलाई प्रहरीले संगठित अपराध, हातहतियार खरखजना अभियोगमा जिल्ला अदालत सुनसरी इनरुवामा मुद्दा दर्ता गराएको थियो । अदालतले सादा तारेकमा गत भदौ २४ गते रिहा गर्न आदेश दिएपनि पुनः बेलबारीमा भएको बम विष्फोटमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत मोरङले २६ गते सादा तारेकमा छोड्न आदेश दिएपनि उनलाई पुनः प्रहरीले अभद्र व्यवहारमा मुद्दा हालेको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई ४ हजार धरौटीमा बिहीबार छाडेको थियो । त्यसलगत्तै राईले पत्रकार सम्मेलन गरी आफू स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!