बुधबार, साउन १४, २०७७ || 984  पटक पढिएको

इरानले आफ्नो मिसाइल अभ्यासको सिलसिलामा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ ।

यो रणनीतिक रुपमा अत्यधिक महत्वपूर्ण मानिने स्ट्रेट अफ होरमूजमा गरिएको हो । यसले फासरको खाडीलाई ओमानको खाडीसँग जोड्छ ।

यो अभ्यासमा यति ठूलो आगोको लप्का उठेको थियो कि अमेरिकी सैनिकले आफ्ना दुई क्षेत्रीय बेसलाई अलर्ट मोडमा राखेको छ ।

यद्यपि, पछि अमेरिकी नौसेनाले इरानको यो अभ्यासलाई गैर जिम्मेवारी र लापरवाहीयुक्त बताएको छ ।

अमेरिकी नौसेनाका अनुसार इरानको तर्फबाट यो उक्साउने र कारवाही गर्नका लागि बाध्य पार्ने कदम हो ।

यो अभ्यास यस्तो समयमा गरिएको हो जब खाडी क्षेत्रमा तेहरान र वासिङ्टनबीच लगातार तनाव बढिरहेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार अभ्यासको नाम पेगम्बर मोहम्मद १४ औं राखिएको थियो ।

यस्तै अमेरिकी युद्धपोतको डमी ठ्याक्कै त्यस्तै देखिएको थियो जुन अमेरिकाले खाडीमा तैनाथ गरेको थियो । यो डमी युद्धपोतमा डमी फाइटर जेट विमान पनि तैनाथ थियो । यो युद्धपोतलाई विभिन्न कोणबाट मिसाइल दागिएको थियो ।

यो युद्धपोतमा हेलिकोप्टरमार्फत् पनि मिसाइल दागियो जुन युद्धपोतको एउटा किनारासँग ठोक्कियो ।

आक्रामक अभ्यासमा अमेरिकी प्रतिक्रियाः

इरानको रिभोल्यूसनरी गार्डस्का कमान्डर मेजर जनरल हुसैन सालामीले सरकारी टेलिभिजनसँग भने, ‘यो अभ्यासमा हाम्रो वायुसेना र नौसेनाको आक्रामक शैली देखियो ।’

अमेरिकी सेनाका अनुसार यो अभ्यासमा ब्यालिस्टिक मिसाइलमार्फत् फायरिङ गरियो जसका कारण संयुक्त अरब इमिरेट्स र कतारमा अमेरिकी युनिटलाई अलर्ट जारी गरियो ।

अमेरिकी नौसेनाको बहराइनस्थित पाँचौं फ्लििटकी प्रवक्ता रेबेका रेबारिचले अमेरिकी नौसेनाले आफ्ना सहयोगीसँग रक्षात्मक अभ्यास, नौसेना सुरक्षाले प्रोत्साहन पाओस् भन्ने हेतुले गर्ने गरेको तर इरानको अभ्यास ‘उक्साउने र कारवाहीका लागि बाध्य पार्नेजस्तो’ आक्रामक रहेको बताइन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!