बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् । यता अमिताभ भने बुहारी र नातिनी ठिक भएपछि भावुक भएका छन् ।

अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, ‘आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।’

अमिताभको यो पोस्टमा ९ लाख बढीले लाइक गरिसकेका छन् भने कतिले कमेन्ट गर्दै अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!