हिपमत डटकम
काठमाडौं,पुस-२४:बलिउड सुपरस्टार सलमान खानले ‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई डेढ करोडको गाडी उपहार दिएका छन् । सलमानले दबंग फ्रेन्चाइजीको तेस्रो फिल्मको सफलतापछि खलनायकको भूमिका निभाएका सुदिपलाई १.५४ करोडको बीएमडब्ल्यू कार उपहार दिएका हुन् । सुदिपले सलमान खानसँगै नयाँ कारको पनि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतका स्टारसँग काम गर्न पाउनु निकै ठूलो सम्मानको कुरा हो ।’ उनले क्याप्सनमा अगाडि लेखेका छन्, ‘जब तपाईं राम्रो काम गर्नुहुन्छ तब तपाईंलाई पनि राम्रो नै हुन्छ । सलमान सरले मलाई यो पंक्तिमाथि भरोसा गर्न सिकाइदिनुभयो । जब यो ‘सरप्राइज’ उहाँसँगै मेरो अगाडि थियो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!