मंगलबार, साउन १३, २०७७ || 779  पटक पढिएको

घुस अस्वीकार गर्ने सिन्धुली र मकवापुरका सातजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ७ जना प्रहरी कर्मचारीलाई पुरस्कार दिएको हो ।

लकडाउनको बेला सवारी पास दुरुपयोग गर्ने र घुस दिएर एक जिल्लाबाट अर्को जिल्ला प्रवेशका खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदिप गिरीले जानकारी दिए ।

घुस रकमको प्रलोभनमा पार्ने १० जनालाई प्रहरीले पक्रेर कारवाही गरेको छ । लकडाउनको अवधिमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र मकवानपुर प्रहरीले १ जनालाई पक्रेर कानुनी कारवाही गरेको थियो ।

एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न, नदीजन्य पदार्थको अवैध ओसार पसार गर्न र सवारी दुर्घटनाको कारवाहीबाट बच्न आरोपीले ५ सय देखि ५ हजारसम्म घुस अफर गर्ने गरेको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!