आइतबार, साउन ११, २०७७ || 862  पटक पढिएको

गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत ” बीर गोर्खाली ” म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “एपी शेर्पा ” मार्फत सार्वजनिक गरेका छन् I

नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको सङ्गीत, गीतकार टेक तामाङको शब्द रहेको छ I

भिडियोमा गायक शेर्पा संगै प्रशान्त तामांग , सिम्रन श्रेष्ठ ,सन्ध्या तुम्बाहाम्फे , देवान राई , देछेन शेर्पा , याङ्गछिन् शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् । सम्पादन सूर्य लामाको र छायांकन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन् ।

कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो । त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गर्यो । देशको सीमा मिचिएको यही समयमा यहि परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेपछि लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीत गर्न अनुरोध गरि यो गीत तयार भएको गायक एपी शेर्पा बताउंछन् । उक्त गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो ।

यसअघि पनि गायक ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो । उक्त गीत जस्तै यस गीतले पनि दर्शक -श्रोताहरुको राम्रै साथ-सहयोग पाउने कुरा मा आफु ढुक्क रहेको गायक एपी शेर्पा बताउंछन् I

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!