विराटनगर महानगरपालिकाले कोरोना भाइरसको अवस्था हेरेर कुनैपनि बेला लकडाउन गर्न सक्ने

विराटनगर महानगरपालिकाले कुनैपनि बेला लकडाउन गर्न सक्ने

आइतबार, साउन ११, २०७७ || 667  पटक पढिएको

आज विराटनगर महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यादल बनाई सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस फैलिन सक्ने भएकोले केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नविकरण जस्ता काम केही समय पछि गर्न सकिने भन्दै तत्काल नगरिनहुने काम मात्र गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।त्यसैगरी प्रमुख पराजुलीका अनुसार अब महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनु पर्ने, त्यका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैंया लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको छ । दोश्रो पटक पनि उल्लंघन गरेको पाइएमा १५ दिनका लागि व्यवसाय बन्द गरिदिने निर्णय भएको छ । त्यसैगरी‘अब हामी समुदायस्तरमा परीक्षणको दायरालाई बढाउँछौं र हाटबजार लगायत अनावश्यक भिडभाड हुने क्षेत्रमा कडाइका साथ नियन्त्रणको लागि काम गर्छौं ।’

महानगरपालिकाले कोरोना भाइरसको अवस्था हेरेर कुनैपनि बेला लकडाउनमा जानुपर्ने अवस्था तर्फ महानगरले अध्ययन गरिरहेको भन्दै सबैलाई सचेत रहन र स्वास्थ्य सम्वन्धी मान्यताहरु पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!