शनिबार, साउन १०, २०७७ || 753  पटक पढिएको

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला थुनिएको छ । पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ । नौलीखोला गए राती आएको पहिरोका कारण थुनिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोला पहिरोले थुनिएको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । ‘पहिरोले नौ घण्टादेखि नौनीखोला नदी पुरै ठप्प हुने गरी थुनिएको छ,’ एसपी गुरुङले भने, ‘धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो ।’ नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ । जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १५ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको एसपी गुरुङले बताए । माछिखोला प्रहरी चौकीबाट शनिबार बिहान सईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ । ‘थुनिएको पानी एकैसाथ खोलिए जोखिम हुनसक्छ,’ एसपी गुरुङले भने, ‘बाढीको सहत बढ्नसक्ने भएकाले सर्तक रहन सबैलाई आग्रह गरेको छौं ।’ अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको एसपी गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!