प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरकी एक महिला धर्नामा बसेकी छन् । भारतीय सञ्चार माध्ययम अमर उजालाका अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन। आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताउँदै आएकी छन। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताउँदै पन्छिन खोजेको खवरमा उल्लेख छ । विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइरहेकी छन्। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीको भनाई छ। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको खवरमा उल्लेख छ । आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले सञ्चार माध्ययमा जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!