सुदूरपश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, साउन १०, २०७७ || 725  पटक पढिएको

सुदुरपश्चिम प्रदेशमा संकृय संक्रमित संख्या १ हजार ७४० पुगेको छ ।

शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट थप ८ जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७४० पुगेको हो । कैलालीका ७ पुरुष र १ महिलामा संक्रमण पुस्टी भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

यसअघि ८ जना संक्रमितको मृत्यु भईसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ४६९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ४२५मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । ३ हजार ६९३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार २४६ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९१, दार्चुलाका २०, डोटीका ५९२ , कैलालीका १०७५ र कंचनपुरका ५१२ गरि ४ हजार ४४ रहेका छन । जस्मा महिला ९५१ , पुरुष ३ हजार ९३ रहेका छन । क्वारेन्टिाईनमा ३ हजार ६४३ पुरुष र १ हजार २७८ महिला रहेका छन ।

प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भइहेको छ । ७६९ जना भने सामान्य उपचारपछि घर गईसकेका छन् । टिकापुरमा२३ , महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!