बलिउड नायिका बिपाशा बसु बिहिबार राती अचानक चर्चामा आइन् । कारण पुरानो हो तर हल्लाखल्ला नयाँ । फुटबलर क्रिस्टियानो रोनाल्डोसँग बिपाशा बसुका केही तस्बिर सोसल मिडियामा चर्चित भएका छन् । यो तस्बिर सन् २००७ को हो । त्यतिबेला पनि तस्बिरले राम्रो चर्चा बटुलेको थियो ।

त्यतिबेला करियरको सुरुवाती अवस्थामा थिइन् बिपाशाः

बिपाशा बसुले सन् २००१ मा अक्षय कुमारको अपोजिट ‘अजनबी’ बाट फिल्ममा डेब्यू गरेका थिए । सन् २००२ मा राज फिल्ममा बोल्ड दृश्यका कारण उनी थप चर्चित बनिन् । सन् २००७ तिर उनी जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् । फिल्मी करियरमा उदाउँदै गर्दा रोनाल्डो र बिपाशाका केही तस्बिर सार्वजनिक भए । तीमध्ये एक तस्बिरमा यी दुई चुम्बन गरिरहेको देखिएका छन् ।

 

त्यतिबेला रिसाएका थिए जोन अब्राहमः

जोन अब्राहम यो कुराले निकै रिसाएका थिए भन्ने हल्ला पनि आए । रोनाल्डो र बिपाशाको लिंकअपको खबरले त्यतिबेला निकै चर्चा पाएको थियो र शुक्रबार बिहान यो पुरानो तस्बिरको बहानामा यसबारे पुनः चर्चा भएको छ ।

लिस्बनमा आयोजित एक कार्यक्रमको तस्बिरः

रोनाल्डो र बिपाशाको तस्बिर लिस्बनको हो । यी दुई सन् २००७ मा लूज स्टेडियममा एक समारोहका क्रममा भेटेका थिए । त्यतिबेला एक म्यागजिनले यी दुईको तस्बिर छापेको थियो । म्यागजिनको रिपोर्ट अनुसार रोनाल्डो र बिपाशा उक्त कार्यक्रमको पार्टीमा असाध्यै नजिकिएका पनि थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!