शुक्रबार, साउन ०९, २०७७ || 791  पटक पढिएको

कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका– ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए । तर, कनकाईमा आएको बाढीले जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा झापा गाउँपालिकाका १०३ घरपरिवार पूर्णरुपमा विस्थापित भए भने सयौँं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमा निर्माणाधीन पुलका कारण नदीलाई पूर्वतर्फ मोडेका कारण नदीले बाँध भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । कनकाई माईमा आएको बाढीले झण्डै तीन सय मिटर बाँध भत्काएर नदीको भङ्गालो बस्ती पस्दा वडा नं १, २ र ७ का अधिकांश बस्ती डुबानमा छन् । डुबानमा परेका बस्तीका १०५ परिवारलाई अहिले उद्धार गर्दै उक्त गाउँपालिकाका विभिन्न विद्यालयमा राखिएको गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताइन् ।

नदीको भङ्गालो गाउँपसेपछि वडा नं १ को मिलन बस्ती र वडा नं २ को सडकवारी र वडा नं ७ को टप्पु र कच्चुदहका बासिन्दा पूर्णरुपमा विस्थापित भएका छन् । गत सोमबारदेखि डुबानमा परेका तीन वडाका बासिन्दालाई सुरक्षित स्थानमा सारिए पनि त्यहाँको सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीयवासी हरिनारायण राजवंशीले बताए । गाउँपालिकाको पूर्वतर्फ विरिङ र पश्चिमतर्फ पनि कनकाई माई भएका कारण झापा गाउँपालिकाका केही बस्ती हरेक वर्ष डुबानमा पर्ने गरेका र यस वर्ष कनकाई माइलाई पूर्वतर्फ सोझ्याएका कारण तीन वडा डुबानमा परेको दाताराम राजवंशीको भनाइ छ । बस्ती छिरेको कनकाई माइको भङ्गालो छेक्न अहिले कनकाई नदीमा अस्थायी रुपमा ¥यापर निर्माण गरिएपछि त्यसले मात्र पर्याप्त नहुने स्थानीयवासी तुलसी राजवंशीले बताइन् ।

उनले भनिन्, “जब वर्षा लाग्छ तव मात्र यहाँका बासिन्दाको दुखेसो सुन्ने काम हुन्छ अरुबेला कसैले पनि झापावासीको दुखेसो नसुन्दा हरेक वर्ष झापावासीले यस्तै सास्ती झेल्नुपर्छ ।” हुलाकी राजमार्गअन्तर्गत कनकाई माईमा पुल निर्माणका क्रममा सावधानी अपनाउँदा र जनताको तटबन्ध गैडेले थप बाँध समयमा बाधेको भए झापावासीले डुवान र कटानको समस्या झेल्नु नपर्ने सरोकारवालाको भनाइ छ । कनकाईको भङ्गालो बस्ती पसेका कराण विस्थापित बनेकालाई तत्कालका लागि स्थानीय तह, विभिन्न सङ्घ संस्था र दाताले खानेकुराको जोहो गरिदिए पनि खाने खेत बगरमा परिणत भएपछि सर्वसाधारणलाई चिन्तामाथि थप चिन्ता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!