खबर ठुलो छ

सैनिकलाई नैतिकवान, चरित्रवान, सैनिक मूल्य मान्यता, आचरण, देशभक्ति, निस्वार्थ सेवाभाव र उच्चस्तरको अनुशासन कायम गर्ने हेतुले आयोजना गरिएको दोस्रो सैनिक आचारसंहिता २०७७ सप्ताह आज सम्पन्न भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समापन समारोहमा बलाधिकृत रथी प्रभुराम शर्माले सेनालाई प्राप्त जिम्मेवारीलाई पूरा गर्न सैनिक नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील हुनु आवश्यक रहेको बताए । उनले भने, “कार्य सम्पादनको सिलशिलामा आउन सक्ने दुविधालाई निराकरण गर्न सबैभन्दा पहिला मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य छ ।”

सैनिक मुख्यालयले सकल दर्र्जालाई बहाल रहँदा होस् वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कार्य बारेमा सुसूचित गराउँदै अनुशासित, आचारणयुक्त र जिम्मेवार तुल्याउन अघिल्लो वर्षदेखि यो सप्ताह मनाउन शुरु गरेको हो । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भौतिक दूरी कायम गरी आयोजना गरिएको उक्त कार्यक्रममा सकल दर्जालाई जस्तोसुकै परिस्थितिमा पनि प्राप्त जिम्मेवारीलाई संयमता र सुझबुझ पूर्ण ढङ्गबाट कसरी सम्पादन गर्ने भनी ज्ञान प्रदान गरिएको थियो ।

सप्ताहका क्रममा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोवार, लैंगिक आचरणलगायत विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल र प्रवचन सञ्चालन हुनेछ ।

उक्त कार्यक्रमबाट सकलदर्जाबीच आपसमा विश्वासको वातावरण सिर्जना भई अनुशासित, नैतिकवान र व्यावसायिक फौजका रुपमा स्थापित गर्न योगदान पुग्ने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त आचारसंहिता सप्ताहको प्रधानसेनापति पूर्णचन्द्र थापाले यही साउन १ गते शुभारम्भ गरेका थिए ।

बिहिबार, साउन ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया