महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ । दुर्गा पौडेल को छायाँकन ,चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसी को अभिनय देख्न सकिन्छ। गीतका हरेक शब्द मा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ । जापानको पेन्टा स्टुडियो मा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुराली को संगीत संयोजन रहेको छ। लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानल बाट बजार मा आएको उक्त गीत ले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ। गीतले पूर्ण सफलता पाउँन सकोस् हाम्रो तर्फबाट शुभकामना सहित यो भिडियो तपाईंहरुका लागी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!