
यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन । सम्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी यि चरणहरु पार गर्नुपर्छ ।यौन आनन्दको पहिलो चरण हो चाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पनाआवाज वासना कुराकानी अश्लील चित्र चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ । यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको मांसपेशीहरू थोरै कस्सिएको सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।धारणा यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको योनी उचालिएकोेयौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ । सहवासको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन ।
योनि : भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ । योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ । योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको हुँदैन । यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ । योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई (annular) योनिच्छद भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई septate योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाई (cribriform) योनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशमा घेरा भएको पाइन्छ, जसलाई उबचयगक योनिच्छद भनिन्छ । विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै उपचार गर्न सकिन्छ । स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् । स्तन तथा थुन चोलीका आकारलाई आधार मान्ने हो भने (A, B, C, D वा DD) (Double D वा E) आकारका (cup size) भएका भनेर वर्गीकरण गरिएको पाइन्छ । अन्तमा, तपाईंले धेरै जनासँग वा एकै व्यक्तिसँग धेरै यौनसम्पर्क राखेको कुरा योनिच्छद, योनि वा स्तनबाट पत्ता लाग्छ भन्ने कुरा सोच्नुभएको हो भने त्यो पूर्णत: गलत हो । सुरक्षित तरिकाबाट शारीरिक सम्पर्क राख्दा कुनै पनि रोग लाग्दैन् । तर, सावधानी नअपनाइए भयानक यौनरोग र निको नहुने एचआईभी, एड्स समेत लाग्न सक्ने बताइएको छ । त्यसबाट बच्न परिवार नियोजनका साधनहरु प्रयोग गर्ने, पार्टनरसँग पूर्ण विश्वासमा सम्पर्क राख्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।
