सोमबार, साउन ०५, २०७७ || 968  पटक पढिएको

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा सर्वसाधारणका लागि उपलब्ध गराएको छ। आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यति कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको छ। विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ। यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक हुन्छ। त्यसरी सहजै भेटिने छ। https://eir.nta.gov.np/main/individual/track मा गएर फोन हराएका व्यक्तीले निवेदन दिनसक्ने छन्। ‘कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ । तर यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ’प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!