आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा जन्म कैदको सजाय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैद सजाय घटाएको हो ।

उनले आफ्नो श्रीमतीको हत्या साढे ८ वर्षअघि गरेका थिए। उनले श्रीमतीको शव प्लास्टिकमा पोको पारी मकवानपुर जंगलमा लगी पेट्रोल छर्की जलाएका थिए । श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण आवेगमा धकेल्दा मृत्यु भएको पुष्टि गर्दै कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना बनाइएको छ । २०६८ माघ ८ गते श्रीमतीको हत्या अभियोगमा कोइराला जेल परेका थिए। नयाँ फैसला अनुसार कोइराला साउन ८ गते रिहा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!